पोखराः गठबन्धका आचार्य अघिअघि एमालेका थापा पछिपछि
कास्की | जेठ १, २०७९
पोखरा: पोखरा महानगरपालिका पछिल्लो मतपरिणम अनुसार एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै राखेका छन् । पोखरा महानगर पालिका वडा नम्बर १, २ र १२ को ३ हजार मतगणना गर्दा आचार्यले अग्रता लिएका हुन् ।
आचार्यले १ हजार १ सय २१ मत प्राप्त गरेका छन् । भने एमाले कृष्ण थापाले १ हजार ४० मत प्राप्त गरेका छन् । यसैगरी राप्रपाका शंकर खरालले १ सय ८४ र अटेरी अभियानका स्वतन्त्र गनेस पौडेलले ६५ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १ हजार २ सय ४६ मत प्राप्त गर्दै अगाडि छिन् भने एमालेकी मञ्जुदेवी गुरुङले १ हजार २५ मत प्राप्त गरेकी छन् ।
अहिले जारी मतगणनामा पोखरा महानगरपालिका वडा नम्बर १ को ११००, २ को ७०० र वडा १२ को १२ सय मत गणना भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार पोखरा महानगरपालिकामा कुल २ लाख ७ हजार ७ सय १२ मतदाता रहेका पनि १ लाख ४३ हजार २ सय २६ मत मात्र खसेको थियो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

